ट्रेन्डिङ

सशस्त्र प्रहरी पर्साद्वारा धुतहा खोलाबाट १२० किलो गाँजा बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले आज ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ।

भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले १२० किलो गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका जिल्लाको विन्दवासिनी गाउँपालिका–५, प्रसौनिभाठास्थित धुतहा खोलाको किनारमा प्रहरीको टोली खटिएको थियो, सोही क्रममा टोलीले भारततर्फ लैजाँदै गरेको ८ वटा प्लाष्टिकको पोका फेला पारी उक्त गाँजा नियन्त्रणमा लिएको हो।

उक्त अवस्थामा संलग्न व्यक्तिहरु भाग्न सफल भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

बरामद गाँजा आवश्यक प्रक्रिया पूरा गरी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ।

सुझना अधिकारी एवम डिएसपी विश्वराज योन्जनले जानकारी दिएअनुसार सशस्त्र प्रहरी बल पर्साले नियमित अनुगमन र सूचनाको आधारमा यस सफल अभियानलाइ सफल बनाएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै