ट्रेन्डिङ

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । देशभर आज पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

कोशी प्रदेशका तराई भूभागमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ भने बाँकी तराई क्षेत्रमा दिनभर नै हुस्सु तथा कुहिरो लागिरहनेछ।

आज दिउँसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तर तराई भूभागमा दिउँसो पनि हुस्सु तथा कुहिरोको अवस्था कायमै रहनेछ। राति पनि देशभर मौसमको अवस्था करिब उस्तै रहने पूर्वानुमान गरिएको छ।

तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै