ट्रेन्डिङ

सर्लाही चुरेमा गाँजा खेतीमाथि प्रहरी प्रहार, १६ हजार ५ सय बोट फडानी

सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा अवैधरूपमा लगाइएको गाँजा खेतीविरुद्ध प्रहरीले कारबाही गरेको छ।

ईश्वरपुर नगरपालिकाको विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीमा करिब १६ हजार ५ सय गाँजाका बोट फडानी तथा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।

सर्लाही प्रहरीका अनुसार आज बिहान करिब पौने १२ बजे इलाका प्रहरी कार्यालय केशरगञ्ज खटिएको प्रहरी टोलीले ईश्वरपुर नगरपालिका–१२ अन्तर्गत पर्ने पिपल दमार, छड्के दमार तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा गाँजाको बोट फडानी गरेको थियो ।

प्रहरीका अनुसार करिब ३ बिघा जग्गामा अवैधरूपमा लगाइएको गाँजा खेती पूर्ण रूपमा फडानी गरी नष्ट गरिएको छ।

विशेष सूचनाका आधारमा गरिएको उक्त कारबाहीमार्फत लागुऔषधजन्य बालीको अवैध उत्पादन नियन्त्रण गर्ने उद्देश्य राखिएको जनाइएको छ।

जिल्लामा अवैध लागुऔषध खेती तथा कारोबार नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै