ट्रेन्डिङ

पर्साका एमाले नेता प्रल्हाद गिरी नेकपामा प्रवेश, प्रचण्ड–माधवले गरे स्वागत

वीरगन्ज । पर्साका एमाले नेता प्रल्हाद गिरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

उनले नेकपा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा औपचारिकरूपमा पार्टी प्रवेश गरेका हुन्।

एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका गिरीलाई प्रचण्ड र नेपालले स्वागत गर्दै पार्टीमा आबद्ध गराएका छन्।

गिरी एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका थिए।

तर, निर्वाचनमा पराजित भएपछि उनी पार्टीभित्र असन्तुष्ट देखिएका थिए।

पार्टीको संस्थापन पक्षबाट अपेक्षित सहयोग नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका गिरीले अन्ततः एमाले छाड्ने निर्णय गरेका हुन्।

उनी पूर्व प्रदेशसभा सदस्यसमेत हुन्।

नेकपामा प्रवेशपछि गिरीले पार्टीको नीति, विचार र कार्यक्रमसँग सहमत हुँदै अघि बढ्ने बताएका छन्।

नेकपाका शीर्ष नेताहरूले अनुभवी नेताको प्रवेशले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै