ट्रेन्डिङ

सर्लाहीको हरिवनमा झाडीभित्र लुकाएर राखिएको ८६ किलो बढी गाँजा बरामद

मलंगवा । सर्लाही प्रहरीले हरिवन नगरपालिका–३ स्थित चुरे क्षेत्रको झाडीभित्र लुकाएर राखिएको ठूलो परिमाणको अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्दा झाडीभित्र लुकाइएको अवस्थामा गाँजा फेला परेको हो।

प्रहरीका अनुसार रातो प्लास्टिकले बेरेका ठूला प्याकेट ९ वटा र साना प्याकेट १४ वटा गरी जम्मा २३ प्याकेट गाँजा बरामद गरिएको छ।

बरामद गाँजाको तौल प्लास्टिकसहित ८६ किलो ५ सयग्राम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गाँजा कसले र कुन उद्देश्यले लुकाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद लागुऔषधलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

यस घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै