जनकपुर । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश भू–भागमा आंशिक बदलीको अवस्था देखिएको छ।
विशेषगरी तराई क्षेत्रका जिल्लामा तापक्रम केही घट्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।
बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन प्रभावित हुन सक्ने देखिएको छ।
हुस्सु र कुहिरोका कारण स्वास्थ्यमा असर पर्नुका साथै सडक तथा हवाई यातायातमा पनि आंशिक अवरोध सिर्जना हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानको समय यात्राका लागि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
मौसमको यो अवस्था केही दिन कायम रहन सक्ने अनुमान गरिएको छ।
