जनकपुर । मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश सभाबाट निर्वाचित भएको केही घन्टामै आइतबार राती नै उनले शपथग्रहण गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभले सभामुख यादवलाई शपथ गराएका थिए।
औपचारिक समारोहमा मुख्यमन्त्रीसहित विभिन्न दलका शीर्षस्थ नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सभामुखको जिम्मेवारी सम्हाल्दै यादवले प्रदेश सभालाई निष्पक्ष, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन ।
शपथग्रहणसँगै मधेस प्रदेश सभाको नेतृत्व औपचारिक रूपमा सक्रिय भएको छ, जसले आगामी संसदीय कार्यसूची अघि बढ्नेछ।