ट्रेन्डिङ

मधेस सभामा सभामुख चयनका लागि प्रस्तावित उम्मेदवारमाथि सदनमा छलफल शुरू

जनकपुर । मधेस प्रदेश सभामा सभामुख चयनका लागि सदनको बैठक सुरु भएको छ।

आज मध्याह्नदेखि सुरु भएको बैठकमा सभामुख पदका लागि दुई जना उम्मेदवारको नाम प्रस्ताव गरिएको छ।

सत्तारुढ गठबन्धनको तर्फबाट रामअशिष यादवको नाम सभामुख पदका लागि प्रस्ताव गरिएको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका तर्फबाट त्रिलोकी यादवको नाम अघि सारिएको छ।

दुवै उम्मेदवारको नाम प्रस्ताव भएपछि हाल सदनमा प्रस्तावित नाममाथि छलफल चलिरहेको छ।

प्रदेश सभाको कार्यसूचीअनुसार छलफलपछि सभामुख चयनको प्रक्रिया अघि बढाइने छ।

सभामुख चयनसँगै लामो समयदेखि रोकिएको सदनको नियमित कार्यसूची पनि सञ्चालन हुने अपेक्षा गरिएको छ।

सदनमा दलगत धारणा सार्वजनिक भइरहेका छन् भने सभामुख चयनको प्रक्रियालाई मधेस प्रदेशको संसदीय अभ्यासका दृष्टिले महत्वपूर्ण रूपमा मानिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै