ट्रेन्डिङ

मधेसमा चिसो बढ्यो, हुस्सुले बिहानैदेखि जनजीवन प्रभावित

वीरगन्ज । वीरगन्जसहित मधेस प्रदेशमा बिहीबार बिहानदेखि चिसो बढेको छ।

बारा, पर्सा, रौतहटसहित मधेसका जिल्लामा आज बिहानैदेखि चिसो बढेको हो ।

बिहानैदेखि बाक्लो हुस्सु लागेपछि जनजीवन प्रभावित बनेको छ भने सवारी आवतजावतमा समेत कठिनाइ भइरहेको छ।

चिसो हावासँगै हुस्सु लाग्दा सडकमा दृश्यता कम भएको छ।

यसका कारण बिहानै यात्रा गर्ने सर्वसाधारण र सवारी चालकहरूलाई समस्या भएको छ।

विशेषगरी राजमार्ग र सहरी सडकहरूमा सवारी साधनहरू बत्ती बालेर सावधानीपूर्वक सञ्चालन भइरहेका छन्।

मौसम मापन अनुसार बिहीबार बिहान ९ बजे वीरगन्जको तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको छ।

त्यही समयमा जनकपुरको तापक्रम १५ डिग्री सेल्सियस रहेको छ।

अघिल्ला दिनको तुलनामा तापक्रम घटेसँगै चिसोको अनुभूति बढेको स्थानीयले बताएका छन्।

चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरूलाई विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

मौसम अझै केही दिन चिसो रहने सम्भावना रहेको बताइँदै आएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै