ट्रेन्डिङ

मधेस प्रदेश सभामुख चयन प्रक्रिया अघि बढ्यो, ६ गते निर्वाचन

जनकपुर । मधेस सभाका सभामुखको चयनका लागि निर्वाचनको मिति निर्धारण गरिएको छ ।

मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख चयनको प्रक्रिया आज औपचारिक रूपमा सदनबाट अगाडि बढाइएको छ।

प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुख निर्वाचनका लागि यही पुस ६ गते मिति तोकिएको छ।

उपसभामुख बबिता राउतले आज बसेको प्रदेश सभाको बैठकमा सभामुख निर्वाचनको मिति घोषणा गर्दै यसबारे जानकारी दिएकी हुन्।

उनका अनुसार रिक्त सभामुख पदका लागि यही ५ गते सूचना प्रकाशित गरिनेछ।

यसका लागि उपसभामुख राउतले प्रदेश सभा सचिव बासु कोइरालालाई आवश्यक व्यवस्था मिलाउन निर्देशनसमेत दिएकी छन्।

सभामुख निर्वाचनको मिति घोषणा भएसँगै आजको सदनको बैठक स्थगन गरिएको छ।

लामो समयदेखि रिक्त रहेको सभामुख पदका कारण प्रदेश सभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै