ट्रेन्डिङ

पर्सामा बेपत्ता ‘अलार्म’: एक महिनामै २० जना हराए, महिला र बालिका बढी

वीरगन्ज । पर्सा प्रहरीले यही मंसिर महिनाको सुरुवातदेखि हालसम्मको बेपत्ता व्यक्तिहरूको तथ्यांक सार्वजनिक गरेको छ।

जारी विवरण अनुसार गत एक महिनामा कुल ३४ व्यक्ति बेपत्ता भएका छन्, जसमा २० जना अझै सम्पर्कविहीन छन्।

प्रहरीको विवरणअनुसार बेपत्ता हुनेहरूमा महिला र बालिका बढी छन्।

फेला परेको १४ जनामध्ये ४ जना महिला, ६ जना बालिका र ४ जना बालक रहेको तथ्यांकमा उल्लेख छ।

तर अझै २० जना व्यक्ति सम्पर्कविहीन रहेका छन्, जसमा ९ जना महिला, ९ जना बालिका र २ जना बालक छन ।

यो तथ्यांकले पर्सामा महिला र बालिकाहरूको सुरक्षा चुनौतीपूर्ण अवस्थामा रहेको देखाउँछ।

प्रहरीका अनुसार, कुल ३४ बेपत्ता व्यक्तिमध्ये २८ जना महिला र बालिका मात्र छन् ।

पर्सा प्रहरीले स्थानीय समुदायलाई सतर्क रहन आग्रह गरेको छ र बेपत्ता व्यक्तिहरूको खोजी तथा पहिचानका लागि थप प्रयास गर्ने जनाएको छ।

प्रहरी भन्छ , “हामी सम्पूर्ण स्रोत साधन प्रयोग गर्दै बेपत्ता व्यक्तिहरूलाई खोजबिन प्रयासमा छौँ। यसमा स्थानीय नागरिकहरूले पनि कुनै अनियमित गतिविधि देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन जरुरी छ ।”

यता विशेषज्ञहरूले भन्छन्, “ यस्तो घटनाहरूमा महिला र बालिकाहरू बढी जोखिममा रहन्छन् , त्यसकारण समुदायमा सामाजिक सचेतना तथा सुरक्षा प्रणाली बलियो बनाउनु आवश्यक छ।”

यो घटनाले पर्सा जिल्लामा बढ्दो सामाजिक चिन्ता र सुरक्षा चुनौतीलाई उजागर गरेको छ।

यद्यपि स्थानीय प्रशासन र प्रहरी दुवैले थप सचेतनाका साथ खोजबिन कार्यमा सक्रियता बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै