काठमाडौं ।नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको हो।
मंगलबार प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको छ।
यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।
मंगलबार प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला ४ हजार ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।