काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहान कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली देखिएको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
पश्चिम तराईका केही स्थानहरूमा भने हुस्सु लागेको छ।
दिउँसो देशभर मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने सम्भावना छ भने अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।
यसैगरी भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।