वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले पिकअप गाडीसहित १७६ किलोग्राम गाँजा बरामद गरेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए ।
उनका अनुसार प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले अलौबाट कोनिया जाने क्रममा परालले छोपेर लैजाँदै गरिएको अवस्थामा बा २१ च ७८५५ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
उक्त पिकअपबाट १७६ किलो गाँजा बरामद गरिएको र गाडीसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको व्यक्तिमाथि अनुसन्धान चलिरहेकोले अन्य विवरण गोप्य राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।