वीरगन्ज । नेकपा एमालेको ११औँ महाधिवेशनमा पर्सा जिल्लाबाट ९ जना नेताले विभिन्न कलस्टरमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।
पार्टीको महाधिवेशनअन्तर्गत पर्साबाट भूगोल महिलातर्फ, मुस्लिम, खुल्ला मधेसी तथा दलिततर्फका केन्द्रीय सदस्य कलस्टरमा सबै उम्मेदवारी परेको छ।
केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने नेताहरूमा प्रभु हजारा, अरबिन्द सिंह, निर्मला देवकोटा, विजय सरावगी, राजकुमार गुप्ता, प्रह्लाद गिरी, नवराज शर्मा, प्रद्युमन चौहान र रन्जु फुयाँल रहेका छन्।
स्रोतका अनुसार यी उम्मेदवारमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओली निकट (ओली खेमाबाट) प्रभु हजारा, निर्मला देवकोटा र विजय सरावगीलाई मात्र आधिकारिक उम्मेदवारका रूपमा अघि सारिएको जनाइएको छ।
११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो मतदान हुने कार्यतालिका रहेको छ।
महाधिवेशनमार्फत पार्टीको आगामी कार्यदिशा र नेतृत्व संरचना तय हुनेछ ।