ट्रेन्डिङ

मधेसका मुख्यमन्त्री यादवले गरे मन्त्रिपरिषद् विस्तार, को – को बने मन्त्री ?

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहण गर्ने मन्त्रीहरूमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी रानी शर्मा तिवारी र नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुश्वाहा रहेका छन्।

तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् भने कुश्वाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी, यसअघि बिना विभागीय मन्त्री रहेका नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

साथै पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै