ट्रेन्डिङ

आजको मौसम कस्तो रहनेछ ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन।

हाल देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिक बदली रहनेछ।

यस्तै, आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै