रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फैसला कार्यान्वयन अभियानलाई सक्रिय बनाउँदै विभिन्न मुद्दामा फरार रहेका २२ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।
लामो समयदेखि कैद तथा जरिवाना तोकिएर लुकिरहेका प्रतिवादीहरू पछिल्लो चरणमा एकसाथ पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बहुविवाह, चेक बाउन्स, जालसाजी, सामाजिक अपराध, कुटपिट तथा लेनदेनसम्बन्धी विभिन्न मुद्दामा संलग्न रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूले समातेर कारबाहीको दायरामा ल्याएका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बिष्णुप्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा शिव कुमार राई, कल्लाम, सन्तोष साह, राजकिशोर साह, आनन्द तिवारी, सुशील यादव, सुनीता बैठा, दशरथ दास ततमा, शिव दास ततमा, सनारपतिया ततमाईन र बिचय दास ततमा सहितका रहेका छन्।
यसका साथै गंगाराम राय यादव, शिवकली देवी, रुबी कुमारी पाल, रेवती देवी पाल, बन्हु राउत पाल, राजेश्वर महतो तुनिया, महादेव राय कुर्मी, विपती देवी, गाईत्री देवी, गंगामाया श्रेष्ठ र ओम नारायण महतो पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूले भुक्तान गर्न बाँकी रहेको कुल २९ हजार ६०७ रुपैयाँ जरिवाना तथा ११ महिना २५ दिन कैद सजाय कार्यान्वयनका लागि बिहीबारै रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको छ।