ट्रेन्डिङ

कुन प्रदेशको मौसम आज कस्तो रहनेछ ?

काठमाडौँ । देशभर हाल कुनै ठूलो मौसमी प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रभावकारी प्रणाली नहुँदा अधिकांश ठाउँमा मौसम स्थिर र सफा देखिएको महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने बिहानैदेखि आंशिक बदलीको अवस्था देखिएको छ।

तर देशका अन्य प्रदेश तथा भौगोलिक भूभागमा मौसम मुख्यतया सफैँ रहेको छ।

दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रहरूमा आंशिक बदली अपेक्षित गरिएको छ भने बाँकी सबै भूभागमा मौसम सामान्यतया सफैँ रहने अनुमान छ।

आज राति पनि देशभर मौसम सफैँ नै रहने महाशाखाले जनाएको छ।

महाशाखाले नजिकै कुनै सक्रिय मौसमी प्रणाली नभएकाले केही दिन यस्तै स्थिर मौसम रहने सम्भावना रहेको बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै