ट्रेन्डिङ

सर्लाहीमा करिब एक लाख नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको बिष्णु गाउँपालिका–६ स्थित प्रहरी चेकपोस्टमा बुधबार राति चेकजाँचका क्रममा ९५ थान नक्कली नेपाली रुपैयाँसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सर्लाहीबाट खटिएको प्रहरीको चेकिङ टोलीले राति करिब ९ बजे भारततर्फबाट सिमरा तर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकललाई शंका लागी रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक सर्लाही कौडेना गाउँपालिका–५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानको पछाडिको गोजीबाट रु १००० का ९५ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।

नक्कली रकमसहित खानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै