ट्रेन्डिङ

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले मौसम स्थिर र सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले अधिकांश भूभागमा आकाश खुला छ र दृश्यता पनि सामान्य छ।

महाशाखाले दिउँसो कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली देखिन सक्ने अनुमान गरेको छ।

तर, बाँकी प्रदेशहरूमा खुलेआकाशकै अवस्था रहनेछ।

महाशाखाले राति पनि देशभर मौसम साफ–सुगम रहने जानकारी दिएको छ।

अहिलेको वातावरणीय अवस्थाले दैनिक उडान भौतिक निर्माण तथा सामान्य जनजीवनमा कुनै असर नपर्ने महाशाखाको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै