ट्रेन्डिङ

मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, कसलाइ कुन मन्त्रालयको जिम्मेवारी ?

जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आफ्नो मन्त्रीमण्डलमा तीन जना नयाँ मन्त्रीहरू थपेका छन्।

आइतबार भएको विस्तारअन्तर्गत नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रत्येक दलका एक–एक जना मन्त्री समावेश गरिएको हो।

जनमत पार्टीका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्रीको रूपमा नियुक्त गरिएको छ।

नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनीहरूलाई औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै