ट्रेन्डिङ

मुख्यमन्त्री यादवसँगै तीन जना बिना विभागीय मन्त्रीको लिँदै शपथ, कुन कुन दलले पठाएनन आफ्ना प्रतिनिधि ? ?

जनकपुर । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाअन्तर्गत मुख्यमन्त्री कृष्णा यादवले आज केहीबेरमा शपथ लिँदैछन्।

प्रदेश प्रमुखको कार्यालयमा तयारी पूरा भइसकेको र शपथग्रहण समारोह छिनमै सुरु हुने जनाइएको छ।

मुख्यमन्त्री यादवसँगै तीन जनाले बिना विभागीय मन्त्रीका रूपमा शपथ लिने भएका छन्।

जनमत पार्टी, एकीकृत समाजवादी र नेपाली कांग्रेसले एक–एक जनालाई सरकारमा पठाउने निर्णय गरेसँगै जनमतबाट महेश यादव, लोसपाबाट कनिश पटेल र नेपाली कांग्रेसबाट जंगीलाल राय बिना विभागीय मन्त्रीका रूपमा आज शपथ लिनेछन्।

यद्यपि मन्त्रालयको भागबन्डा अन्तिम रूप नलागेकाले सरकारमा सहभागी अन्य दलहरू भने आजको शपथमा सहभागी नहुने भएका छन्।

जसपा नेपाल, माओवादी केन्द्र र नागरिक उन्मुक्तिसहितका दलहरूले भागबन्डा टुंगो नलागेसम्म आफ्ना प्रतिनिधि शपथ नखटाउने निर्णय गरेका हुन्।

जसपा नेपालका नेता सरोज यादव, माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह र लोसपाका नेता जयनुल राइनले शपथग्रहण कार्यक्रममा आफ्ना पार्टीबाट बिना विभागीय मन्त्री नपठाउने स्पष्ट प्रतिक्रिया दिएका छन्।

शपथपछि मन्त्रालय बाँडफाँडका विषयमा पुनः सर्वदलीय छलफल गरी अन्तिम टुंगो लगाइने प्रदेश सरकार स्रोतले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै