जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादव आज शपथ लिने भएका छन ।
मुख्यमन्त्रीमा नियुक्त भएको तीन दिनपछि उनको आज बिहान ११ बजे शपथ लिने कार्यक्रम तय गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
६ दलीय गठबन्धनको सुझावअनुसार आइतबारकै दिन शपथग्रहण गर्ने कार्यतालिका राखिएको हो।
मुख्यमन्त्री यादवलाई संविधानको धारा १६८(२) बमोजिम शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
६ दलका ७७ जना सांसदको हस्ताक्षरसहित पेश गरिएको दाबीको आधारमा प्रदेश प्रमुखले यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरेका हुन्।