ट्रेन्डिङ

मधेसमा नेकपाको ‘एकता सन्देश सभा’ आज, दाहाल–नेपालले गर्नेछन् सम्बोधन

जनकपुर । मधेस राजधानी जनकपुरमा आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ आयोजना गर्दैछ।

पार्टी एकताको सन्देश प्रदेशभर प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ठूलो जनसमूह सहभागि हुने अपेक्षा गरिएको छ।

सभा जनकपुरको तिरहुतिया गाछीमा दिउँसोदेखि संचालन हुने व्यवस्था मिलाइएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकहरूले जनाएका छन्।

आयोजक समितिका ताज महम्मद मियाँका अनुसार सबै तयारी सकिएको छ र स्थलमा सर्वसाधारणको आगमन पनि प्रारम्भ भइसकेको छ।

सुरक्षा, मञ्च, ध्वनि प्रणाली र आवागमन व्यवस्थासहित आवश्यक पूर्वतयारी पूरा भइसकेको उनले बताए।

प्रदेशस्तरीय उपस्थितीसहित सञ्चालन हुन लागेको यो कार्यक्रमले मधेसमा नेकपाको संगठनात्मक सन्देशलाई थप सक्रियता दिने अपेक्षा आयोजकहरूको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै