ट्रेन्डिङ

कुन प्रदेशको मौसम आज कस्तो रहनेछ ?

काठमाडौं । देशभर ठूलो मौसमी प्रणाली सक्रिय नरहे पनि विभिन्न प्रदेशमा भौगोलिक आधारमा मौसमको स्थिति फरक–फरक देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बादल देखिए पनि तराई लगायतका अधिकांश क्षेत्रमा मौसम खुला रह्यो।

दिउँसो पनि सुदूरपश्चिम प्रदेशसँगै कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का बदली रहने अनुमान गरिएको छ।

अन्य भाग भने खुलेको मौसममै रहनेछन्।

आज राति भने पहाडी र हिमाली क्षेत्रतर्फ बदलीको प्रभाव बढ्ने संकेत देखिएको छ।

विशेषगरी गण्डकी प्रदेशका उचाइ भएका क्षेत्रमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

तर बाँकी भूभागमा आंशिक बदली बाहेक कुनै उल्लेखनीय परिवर्तन नदेखिने बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै