बारा । नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमिति सदस्य सजीर मन्सुरकी आमा स्व. सनकेशा खातुनको असमयिक निधन भएको छ।
८५ वर्षको उमेरमा उनको शुक्रबार निधन भएको परिवारले जनाएको छ।
परिवारका अनुसार अचानक स्वास्थ्यमा जटिलता देखिएको थिए, त्यस लगत्तै उनको निधन भएको थियो
स्व. खातुनको निधनले मन्सुर परिवारसहित पत्रकार तथा सञ्चार क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्।
पत्रकार महासंघका पदाधिकारीहरूले संवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरेका छन्।
स्व. खातुनको शुक्रबारै धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।