ट्रेन्डिङ

सात दलको सहमति पश्चात पूर्वमुख्यमन्त्री सोनलले कांग्रेस नेता कृष्णा यादवलाई दिए शुभकामना

जनकपुर । मधेस प्रदेशमा सात दलीय गठबन्धनले कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति गरेपछि पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले कांग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई बधाइ दिएका छन्।

सोनलले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै, मधेस सरकारको कमान्ड सम्हाल्न लागेको कांग्रेस दलका नेता यादवलाई शुभकामना व्यक्त गरेका छन्।

उनले संविधानको दायराभित्र सहमति र समन्वयमा अघि बढ्ने रणनीतिलाई स्वागतयोग्य भनेका छन्।

यसअघि सात दलबीचको लामो छलफलपछि कांग्रेस नेतृत्वमा सरकार गठनको सहमति जुटेको थियो।

प्रदेश राजधानी जनकपुरमा यस कदमपछि राजनीतिक वातावरण अझै सक्रिय र गहन बनेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै