ट्रेन्डिङ

मधेसमा अन्ततः कांग्रेस नेतृत्वमा सरकार बनाउने जुट्यो सहमति

जनकपुर । मधेस प्रदेशमा अन्ततः कांग्रेस नेतृत्वमै सरकार गठन हुने स्पष्ट संकेत मिलेको छ।

लामो तानातानपछि कांग्रेसले मुख्यमन्त्री नपाए विपक्षमा बस्ने चेतावनी दिएपछि सात दलीय गठबन्धन अन्तिम घडीमा कांग्रेसको नेतृत्व स्वीकारेको बैठकमा सहभागी एक कांग्रेस सांसदले जानकारी दिए।

उनका अनुसार मधेस केन्द्रित दलहरूले कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन्।

चार दलका नेताहरूले औपचारिक रूपमा हस्ताक्षर पनि गरिसकेका छन् भने बाँकी दुई दलले केहीबेरमै दस्तखत गर्ने बताएका छन्।

प्रदेश प्रमुख सुरेन्द्र लाभले आह्वान गरेको समयसीमाभित्रै सरकार गठनको दाबी पेस गर्ने तयारी गरिएको सांसदले बताए।

उनले भने, “अहिले कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार गठनको दाबी पेस गर्ने सहमति भएको छ। शपथग्रहणपछि मन्त्रालयको भागबण्डा टुंगो लगाइनेछ।”

सरकार गठनका दाबी पेस गर्न अब डेढ घन्टा मात्र बाँकी हुँदा प्रदेश राजधानी जनकपुरमा राजनीतिक दौडधुप तीव्र बनेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै