काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य अधिकांश ठाउँमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफै रहनेछ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रतर्फ आंशिक बदली रहने र देशका अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।