ट्रेन्डिङ

मौसम : कुन प्रदेशको अवस्था कस्तो रहला ?

काठमाडौँ । देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले मौसम सामान्य अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली देखिए पनि अन्य अधिकांश भूभागमा मौसम सफा छ।

दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी प्रदेशमा भने मौसम सामान्य रूपमा सफा रहने महाशाखाले जनाएको छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै