जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पदबाट राजीनामा दिएका छन्।
उनका राजीनामासँगै संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको बाटो खुला भएको छ।
सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने स्थिति देखिएपछि यादवले बैठकमा सम्बोधन गर्दै रोष्टमबाटै पदबाट हट्ने घोषणा गरेका हुन्।
बैठकको समयमा विपक्षी सात दलका सांसदहरू बहिष्कार गर्दै सभाहल छाडेका थिए।
यादवले सत्तासाझेदार दलबाट मात्र विश्वासको मत प्राप्त नहुने निश्चित भएपछि प्रदेशमा नयाँ राजनीतिक समीकरणको मार्ग प्रशस्त गर्ने निर्णय गरेको स्पष्ट पारेका छन्।
उनका राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच कसरत तीव्र हुने देखिन्छ ।