जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज पदबाट राजीनामा दिएका छन्।
प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
सर्वोच्च अदालतको परमादेशपछि राजनीतिक दबाब बढ्दै गएको अवस्थामा उनले अन्ततः सभा बैठकमै राजीनामा सार्वजनिक गरेका हुन्।
सम्बोधनका क्रममा उनले प्रदेशको राजनीतिक स्थिरता र समग्र जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै पदबाट हट्ने निर्णय गरेको बताए।
यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सत्ता गठनका लागि राजनीतिक कसरत सुरू हुनेछ।