ट्रेन्डिङ

मधेसका मुख्यमन्त्रीको सम्बोधन बहिष्कार: सात दलका सांसद सभाहलमै प्रवेश गरेनन्

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको प्रदेश सभा सम्बोधनलाई सात दलले बहिष्कार गरेका छन् ।

मुख्यमन्त्री यादव सभाहलमा आफ्नो सम्बोधन गरिरहँदा ती दलका सांसद भने सभाहलभित्र प्रवेश नै गरेका छैनन्।

कांग्रेसका एक प्रदेश सांसदका अनुसार मुख्यमन्त्रीको सम्बोधनप्रति साङ्केतिक विरोध जनाउन सभाहलमा सहभागी नहुने निर्णय गरिएको हो।

विरोधका कारणबारे औपचारिक धारणा आउन बाँकी भए पनि सात दलको सामूहिक रूपमा अनुपस्थित रहनुले विधानसभा बैठकमा राजनीति फेरि तातिएको संकेत दिएको छ।

यता, मुख्यमन्त्री सरोज यादव भने सात दलको बहिष्कारका बाबजुद पनि निर्धारित कार्यक्रमअनुसार प्रदेश सभामा संबोधन गरिरहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै