लजनकपुर । विश्वासको मत लिने प्रक्रियामा पेश हुने प्रस्तावका प्रस्तावक नै प्रदेशसभा बैठकमा उपस्थित नभएपछि मधेस प्रदेशसभाको आजको बैठक सुरु भएको केही मिनेटमै २ बजे सम्मका लागि स्थगित गरिएको छ ।
उपसभामुखले सूचना पढेर बैठक स्थगित भएको घोषणा गरेकी हुन्।
सर्वोच्च अदालतको परमादेशअनुसार २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने भएकाले आज बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको थियो ।
बैठक सुरु भएसँगै विश्वासको मत प्रक्रियामा लैजाने प्रारम्भिक कार्यसूचीमा प्रवेश गर्ने तयारी भइरहेको समयमा प्रस्तावक सदस्य अनुपस्थित भएपछि बैठक अघि बढाउन सम्भव नभएको सभामुखको कार्यालयले जनाएको छ ।
प्रदेशसभामा विश्वासको मतका लागि सदस्यहरू समयमै उपस्थित भए पनि कार्यसूची अघि बढाउन नसकिएपछि बैठक स्थगित गरिएको हो।
मधेस प्रदेशसभामा कुल १०७ सदस्य रहेका छन् र सरकारलाई निरन्तरता दिन कम्तीमा ५४ मत आवश्यक पर्छ।