ट्रेन्डिङ

निर्धारित समयभन्दा एक घन्टा ढिला, मधेस प्रदेशसभा बैठक अझै सुरु हुन सकेन

जनकपुर । मधेस प्रदेशसभा आज बिहान साढे ८ बजे बस्ने कार्यतालिका रहे पनि निर्धारित समयभन्दा एक घन्टा बितिसक्दा पनि बैठक सुरु हुन सकेको छैन।

विश्वासको मत प्रक्रियाका लागि बोलाइएको बैठकमा प्रदेशसभा सदस्यहरू भने प्रदेश सभामा उपस्थित भइसकेका छन्।

सर्वोच्च अदालतको सोमबार साँझको परमादेशले मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो।

त्यसअनुसार आजको बैठक आयोजना गरिएको हो।

मुख्यमन्त्री यादव पनि विश्वासको मतका लागि आजै प्रदेशसभामा उपस्थित हुनेछन्।

मधेस प्रदेशसभामा कूल १०७ सदस्य छन्, जसमा सरकारलाई टिकाइ राख्न कम्तीमा ५४ मत आवश्यक पर्छ।

बैठक ढिलाइको कारण खुल्न बाँकी रहेकाले राजनीतिक वृतमा थप जिज्ञासा बढेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै