ट्रेन्डिङ

मधेस प्रदेशसभा बैठक आज बिहान साढे ८ बजे, मुख्यमन्त्री यादव विश्वासको मतका लागि उपस्थित हुने

जनकपुर । मधेस प्रदेशसभा आज बिहान साढे ८ बजे बस्दैछ।

सर्वोच्च अदालतको आदेशपछि विश्वासको मत प्रक्रियाका लागि बैठक डाकिएको हो।

यसै बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मतका लागि उपस्थित हुनेछन्।

सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।

सोही आदेशअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका हुन्।

मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेका छन्, जसमा सरकार बहुमतमा पुर्‍याउन कम्तीमा ५४ मत आवश्यक पर्छ।

एमालेका २५ मध्ये एक जना सांसद निलम्बित छन ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै