ट्रेन्डिङ

मधेस मुख्यमन्त्री यादव बुधबार विश्वासको मत लिने

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्।

सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन आदेश दिएपनि मुख्यमन्त्री यादवले प्रदेशसभा सचिवालयलाई चिठी पठाएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

मंगलबार दिउँसो आदेशको लिखित प्रतिलिपि प्राप्त भएपछि सोही बमोजिम प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री यादवले पुष्टि गरेका छन्।

उनले भने, ‘आज दिउँसो लिखितरूपमा आदेशको पत्र प्राप्त भयो। त्यसमा भनिएअनुसार २४ घन्टाभित्र विश्वासको मत लिँदैछु। यसको व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको छु।’

मुख्यमन्त्रीको कार्यालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार दिउँसो विश्वासको मतका लागि आवश्यक कार्यसूची मिलाउन प्रदेशसभा सचिवालयमा आधिकारिक पत्र पठाइसकिएको छ।

यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो।

अदालतको आदेश आएपछि मधेस प्रदेशमा राजनीतिक चहलपहल तीव्र बनेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै