वीरगन्ज । पर्सामा प्रहरीले पैदल हिँडिरहेको एक व्यक्ति बाट १० किलो चरेस बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बिहान गरेको जाँचका क्रममा चरेस फेला पारेको हो ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिकाको प्रतिमा चौक नजिकै शंकास्पद रूपमा हिँडिरहेको एक व्यक्तिलाई रोकेर तलासी लिँदा उनको हातमा रहेको कालो प्लास्टिकको झोलाभित्र टेपले बेरिएको अवस्थामा चरेस फेला परेको थियो।
झोलाभित्र रहेको चरेसको तौल १० केजी रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धोबनी गाउँपालिका निवासी सम्सुल मियाँ रहेका छन ।
चरेस सहित पक्राउ परेका मियाँलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।