ट्रेन्डिङ

कांग्रेसको १५ औँ महाधिवेशन मिति तोकियो, कहिले हुन्छ महाधिवेशन ?

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते गर्ने भएको छ।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

बैठकले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल माघ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ।

वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तमै समाप्त हुने भएकाले त्यसलाई एक महिना बढाइएको हो।

महाधिवेशन विस्तृत तयारीका साथ निर्धारित मितिमै सम्पन्न गर्ने कांग्रेस नेताहरूले बताएका छन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै