ट्रेन्डिङ

नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार आशु सर्राफलाई प्रदान, पुरस्कार दिँदै पर्साका सिडिओले भने- अहिले असल पत्रकारिता आवश्यक छ

तथ्य पुष्टि बिना समाचार लेखिँदा चरित्र हत्या हुन्छ

वीरगन्ज। पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालले समाजलाई सही दिशामा लैजान ‘स्वच्छ र जिम्मेवार पत्रकारिता’ अत्यन्त आवश्यक रहेको बताएका छन्।

सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा बोल्दै उनले पत्रकारिता समाजको आधारस्तम्भ भएकाले तथ्य पुष्टि गरेर मात्र समाचार लेखिनु पर्ने आवश्यकता जोड दिए।

सिडिओ दाहालले भने, “पत्रकारिता समाजको पिलर हो। तथ्य प्रमाणित नगरी लेखिएमा कसैको चरित्र हत्या हुन सक्छ। त्यसैले कलम चलाउँदा सत्य, तथ्य र उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्छ।”

उनका अनुसार स्वच्छ पत्रकारिताबाट समाजमा ठूलो टेवा पुग्ने भएकाले सबै पत्रकारले सत्य र निष्पक्षतामा आधारित पत्रकारिता गर्नुपर्ने छ।

आशु सर्राफलाई ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’

कार्यक्रमको प्रमुख आकर्षण भने स्वर्गीय नरेश सर्राफको स्मृतिमा प्रदान गरिने ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ थियो।

यस वर्षको पुरस्कार पत्रकार आसु सर्राफलाई प्रदान गरिएको छ।

समारोहमा सर्राफलाई नगद रु २१ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

वक्ताहरूले स्व. नरेश सर्राफले पत्रकारिता क्षेत्रमा गरेको योगदान स्मरण गर्दै उनलाई नयाँ पुस्ताका पत्रकारका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा वर्णन गरे।

उनका मूल्य, प्रतिबद्धता र निष्ठाले निष्पक्ष पत्रकारिताको पहिचान बनाएको उनीहरूको भनाइ थियो।

आयोजकका अनुसार सर्राफलाई प्रदान गरिएको यो वर्षको पुरस्कारले समाजमुखी, उत्तरदायी र निष्पक्ष पत्रकारितालाई थप ऊर्जा र उत्साह दिने अपेक्षा गरिएको छ।

सो कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्साका एसपी सुदिपराज पाठकसहितका अधिकारी तथा पत्रकारहरूको उपस्थिति थियो।

सामाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा भएको थियो ।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै