ट्रेन्डिङ

चिसो मौसमसँगै वायु प्रदूषण बढेको भन्दै वीरगन्ज महानगरपालिकाको विशेष अपिल

वीरगन्ज । चिसो मौसम सुरु भएसँगै वायु प्रदूषण तीव्र रूपमा बढ्न थालेको भन्दै वीरगन्ज महानगरपालिकाले नगरवासीलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ।

महानगरको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाले आइतबार सार्वजनिक अपिलमार्फत खुला स्थानमा फोहर नजलाउन, कृषि अवशेष तथा प्लास्टिकजन्य वस्तु जलाउने काम नगर्न र आवश्यक नपरीकन धुलो फैलिने गतिविधि रोक्न आग्रह गरेको हो।

महानगरले वायु प्रदूषणले विशेषगरी बालबालिका, दीर्घरोगी, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति र गर्भवती महिलामा गम्भीर असर पार्ने भएकाले प्रत्येक नागरिकले जिम्मेबारीपूर्वक व्यवहार गर्नुपर्ने जनाएको छ।

अपिलमा खुला आकाशमा फोहर जलाउने, पेट्रोलियमजन्य पदार्थ तथा कोइला जस्ता उर्जा स्रोतको अनावश्यक प्रयोग, निर्माण कार्यमा अत्यधिक धुलो उड्ने कार्य, प्रदूषणकारी गतिविधि र अनियन्त्रित उत्सर्जनजस्ता कामहरू तत्काल रोक्न महानगरले आग्रह गरेको छ।

साथै प्रदूषण नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै न्यूनिकरणमा सहकार्य गर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै