काठमाडौँ । बुद्ध एयरको काठमाडौँ–पोखरा उडानको एक जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको छ।
शनिबार दिउँसो पोखराबाट अवतरण प्रक्रियामा रहेका उडान संख्या ६१७ को 9N-AOC विमान चरासँग ठोक्किँदा स–साना प्राविधिक असर परेको प्रारम्भिक जानकारी आएको छ।
एयरलाइन्सका अनुसार विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित छन्।
अवतरणपछि जहाजलाई पोखरा विमानस्थलमै रोक्दै प्राविधिक टोलीले विस्तृत निरीक्षण गरिरहेको बुद्ध एयरले जनाएको छ।