काठमाडौँ । देशभर आज स्थिर र सामान्य मौसम रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै उल्लेख्य मौसमी प्रणाली सक्रिय नभएकाले अधिकांश भूभागमा खुला आकाश नै रहनेछ।
हाल उच्च पहाडी र हिमाली क्षेत्रमा मात्र हल्का बदली देखिए पनि देशका तराईदेखि पहाडसम्मको मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी, मधेश र बागमती प्रदेशका केही क्षेत्रमा बादलको आवागमन देखिने भए पनि व्यापक प्रभाव पर्ने कुनै अवस्था छैन।
महाशाखाका अनुसार राति पनि कोशी प्रदेशका पहाडी तथा हिमाली भागबाहेक देशका सबै क्षेत्रको मौसम स्वच्छ रहनेछ।