काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु ४०० ले घटेको हो । चाँदीको मूल्य भने रु ६० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ ।
चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ ।
हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार २२० मा कारोबार भएको थियो ।