ट्रेन्डिङ

रौतहटमा माइक जडानका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट । रौतहटको फतुवा–विजयपुर नगरपालिका–६, रामदासी टोलमा माइकको तार जडान गर्दै गर्दा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मंगलवार राति करेन्ट लागेर गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार राति करिब पौने १० बजे रामबहादुर महतोका छोरा गणेश महतो घरमै माइकमा तार जडान गर्दै गर्दा अचानक उच्च भोल्टेजको विद्युत् प्रवाहमा परेर ढलेका थिए।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल नेशनल हस्पिटल विजयपुरमा उपचार गरिएपछि थप उपचारका लागि कोल्हवीतर्फ लगिएको थियो।

इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट प्रहरी टोली अस्पताल पुगेको प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए।

राति ११:५५ बजे अस्पतालले प्रहरीलाइ मृत्युबारे जानकारी गराएको बस्यालले पुष्टि गरे।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै