जनकपुर । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा लोसपा मधेसका अध्यक्ष जितेन्द्र सोनलले विवाह पञ्चमीको अवसरमा शुभकामना व्यक्त गरेका छन ।
शुभकामना सन्देशमा उनले सनातन संस्कृतिको गौरवशाली धरोहर मानिने आदर्श नारी जगत जननी माता जानकी र मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको पावन विवाहोत्सव विवाह पञ्चमीले सबैमा शुभ, शान्ति र समृद्धि ल्याउने शुभकामना दिएका हुन ।
सन्देशमा उल्लेखित ‘जेने किशोरी मोरी तेहने किशोर हे’ भनाइमार्फत सोनलले रामजानकी विवाहको पवित्रता, परम्परा र सांस्कृतिक मूल्यलाई स्मरण गर्दै दिव्य युगलको अनुकरणीय आदर्शले समाजलाई सही दिशा दिने उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा सोनलले विवाह पञ्चमीले आपसी प्रेम, सौहार्द र सांस्कृतिक एकताको सन्देश बोकेको बताउँदै सबैलाई मंगलमय शुभकामना व्यक्त गरेका हुन ।