जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले १५ दिन पछाडि जिम्मेवारी बाँडफाँड गरेका छन ।
मन्त्रिपरिषद्मा समावेश भएका नयाँ मन्त्रीहरूको जिम्मेवारी सोमबारदेखि लागु हुने गरी सार्वजनिक गरिएको छ ।
मुख्यमन्त्री यादवले आफूले ९ मन्त्रालय सम्हाल्ने भएका छन् भने तीन मन्त्रीलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिएका छन ।
मुख्यमन्त्रीले सम्हाल्ने मन्त्रालयमा भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग, वाणिज्य तथा पर्यटन, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसङ्ख्या, अर्थ, खेलकुद तथा समाज कल्याण, श्रम तथा यातायात र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका छन्।
यसैगरी, लखन दास ततमाले ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय, विमला अंसारीले गृह, सञ्चार तथा कानून मन्त्रालय र कञ्चन विच्छाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्री यादवले मन्त्रालयबीच समन्वय बढाउने, सेवा प्रवाह प्रभावकारी बनाउने र कामको गति तीव्र पार्ने उद्देश्यले कार्यविभाजन स्पष्ट गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।