ट्रेन्डिङ

मधेसमा भोली सार्वजनिक बिदा

जनकपुर । मधेस प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार (मंसिर ९ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

विवाह पञ्चमीका अवसरमा बिदा दिने निर्णय सम्बन्धी सूचना आज आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, जनकपुरधामले जारी गरेको हो।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा २०८१ साल चैत २२ गते प्रकाशित प्रदेश राजपत्रमा उल्लेख भएको बिदा व्यवस्थाअनुसार विवाह पञ्चमीको अवसरमा मंगलबार सार्वजनिक बिदा लागु हुने जनाइएको छ।

मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालले पत्रमार्फत नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचना सार्वजनिक गरिएको उल्लेख गरेका छन्।

विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको छ, बिदासँगै प्रदेशभरका सरकारी तथा सार्वजनिक कार्यालयहरू मंगलबार बन्द हुनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै