ट्रेन्डिङ

कुन प्रदेसको मौसम आज कस्तो रहला ?

काठमाडौँ । देशभर आज कुनै विशेष मौसम प्रणाली सक्रिय नभएकाले अधिकांश स्थानमा स्थिर मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहानैदेखि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने अन्य प्रदेशका अधिकांश भूभागमा आकाश सफैँसफैँ छ।

दिउँसो पनि सोही क्षेत्र—कोशी र गण्डकीका पहाडी तथा हिमाली भू–भाग—मा आंशिक बदली कायम रहने अनुमान गरिएको छ। बाँकी प्रदेशहरूमा मौसम साफ–सुग्घर रहने महाशाखाको पूर्वानुमान छ।

राति भने पुनः कोशी तथा गण्डकीका उच्च भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रहरूमा कुनै उल्लेख्य परिवर्तन नआउने महाशाखाले जनाएको छ।

मौसम स्थिर रहे पनि बिहान–बेलुकी चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आह्वान गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै